१२ आश्विन २०८०, शुक्रवार

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

२०८०,जेष्ठ,२७,शनिवार १६:५३

99
Shares

मंगलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् ।

इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४–५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता दुवै टोलीले  ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले  ३० हजार, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटाँैडाकी पुष्पा खड्का घोषित भए । दुवैजनाले जनही  पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै उदीयमान खेलाडी कटारीका नविन दर्लामी र विडिसा राई घोषित भए ।
नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो । प्रतियोगितामा पुरूष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए । आगामी अगष्तमा नेपालमा हुने यू–२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका बरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७