१२ आश्विन २०८०, शुक्रवार

बोसिया स्मार्ट खेल प्रदर्शनी

२०८०,जेष्ठ,२७,शनिवार १६:४०

144
Shares

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र अतिअशक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत)अपाङ्गता भएका खेलाडीबीच बोसिया खेल खेलाइएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित एकदिवसीय प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिका अभिभावकलाई विशेषगरी अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलका बारेमा विस्तृत  जानकारी गराइएको थियो । प्रदर्शनीमा ६० अपाङ्गता भएका खेलाडीको सहभागिता थियो ।

सङ्घका अध्यक्ष गोमा पौडेलले भने, “बोसिया खेलको प्रसारप्रचार गर्न तथा  अपाङ्गता भएका व्यक्तिलाई थेरापी होस् भन्ने उद्देश्यले खेल प्रदर्शनीको आयोजना गरिएको हो ।” अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको विकासका लागि नीति तथा कार्यक्रम र विशेष बजेटको व्यवस्था गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता आयोजना गर्नुपर्ने, बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्ने, खेलसम्बन्धी नीति नियम, ऐन कानुनलाई अपाङ्गमैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अतिअशक्तलाई राज्यले विशेष सुविधा दिनुपर्ने र बोसिया खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्ने सङ्घले माग गरेको छ ।

“अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, उनीहरूलाई यातायातका साधन प्रयोग गर्न समस्या छ, आर्थिक अभाव छ । त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ”, उनले भने । सो अवसरमा काठमाडौं महानगरपालिका¬–११ की वडा सदस्य आशा श्रेष्ठले अपाङ्गमैत्री खेलका निम्ति राज्यले नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १६:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । साठी वर्षदेखि ७०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण

रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै रहेको एउटा प्राचीन सम्पदा संरक्षणको अभावले नासिने अवस्थामा पुगेको छ । मन्थली बजारको पारिपट्टी

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८