प्रधानमन्त्रीलाई ओलीको प्रश्न- ‘अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले
भारत भ्रमणमा नेपालको अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै उनले प्रश्न गरेका हुन् ।

‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’ । ओलीले प्रश्न गरे ।

देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ? अनि यहाँ युक्रेनका वारले हो प्रचण्ड जीले नदीहरू सित्तैमा दिएर आएको ?’ ओलीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?