१४ आश्विन २०८०, आईतवार

एकतावद्ध भएर अघि बढन पार्टीका नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

२०८०,जेष्ठ,२७,शनिवार १५:२०

72
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भएर अघि बढन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

‘अहिलेको बेला नेपाली कांग्रेस पार्टीलाई जिल्ला सम्मेलनमार्फत हरेक जिल्लामा हामीले पार्टीको संगठनलाई गाउँ गाउँमा, घर घरमा, वडा वडामा पुर्याएर यो पार्टीलाई मजदुत बनाउने काममा सबैलाई सफलता मिलोस भन्ने कामना गर्दछु । यसो गरियो भने पार्टीको देशभरी नै सगठन बलियो भएर जानेछ, हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लडदै आएको पार्टी हो । ग्रासरुट, गाउँ, वडा र टोलसम्म पुर्याएर मात्रै यो पार्टी बलियो हुन्छ, यो पार्टी जति बलियो र समक्ष हुन्छ । त्यतिनै मात्रामा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन ।’ उनले भने ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२७,शनिवार १५:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले, प्राविधिक रुपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८