डा. केसीको जीवन रक्षाका लागि चिकित्सकहरुको रिले अनसन शुरु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले आजदेखि रिले अनसन शुरु गरेका छन् । 

गत पुस २५ गतेदेखि इलामबाट १६ औँ अनसन शुरु गरेका डा. केसीको माग पुरा गर्न सरकार गम्भीर नदेखिएपछि नेपाल चिकित्सक संघले आज (सोमवार)देखि रिले अनसन शुरु गरेको हो । 

आज डा. केसीको २० औँ अनसन हो । 

संघका अध्यक्ष मुक्ति श्रेष्ठका अनुसार अनसन बसेपनि सेवा सञ्चालन प्रभावित हुन नदिने  बताए । उनले भने, ‘हामीले डा. केसीको जीवन रक्षाको माग गर्दै अनसन शुरु गरेका हौँ ।तर, हामीहरु आलोपालो गरेर अनसन बस्छौ र सेवामा कुनै अवरोध हुन दिन्न ।’  

अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए ।

उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा धर्ना दिएका छन् भने जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिएका उनले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?