काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश भएको छ ।
कांग्रेस सांसदहरुको नाराबाजीकाबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबल गरेका हुन् ।
सोमवार बिहान ११ बजे बसेको बैठक कांग्रेसका अवरोधका कारण १५ मिनेटको लागि स्थगित भएको थियो । दोस्रो बैठक शुरु हुनासाथ पुनः कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए। तर, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कारवाही अगाडि बढाए पछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए।
यसैगरी अर्को बैठक माघ १७ गते दिउँसो २ बजे बस्ने गरि स्थगित भएको छ ।
कांग्रेस सांसदहरुले साढे ७ सय रोपनीमा फैलीएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँले र शुशील कोइलाला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै पटक–पटक बैठक अवरुद्ध गर्दै आएका छन् ।
त्यस्तै शुशील कोइलाला प्रखर क्यान्सर अस्पताल बाँकेले प्रदेश ५, ६ र ७ लाई सेवा सुविधा पुग्ने कांग्रेस सांसदले बताए ।
गत पुस २५ गतेदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । कांग्रेस सांसदहरुले डा. केसीसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेका थिए ।
त्यस्तै यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया