२०८४ को निर्वाचनमा रास्वपा विजयी हुने देखिएपछि पार्टीविरुद्ध घेराबन्दी शुरु भयो : रवि लामिछाने

लोकपथ
104
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध घेराबन्दी गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीलाई घेराबन्दी गरिरहेको आरोप लगाएका हुन् ।

‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’ उनले भने ।

लामिछानेले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?