सरकार टिकाउन राष्ट्रपतिले रेशम चौधरीलाई आममाफी दिए : शेखर कोइराला

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार टिकाउनको लागि राष्ट्रपतिले रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन् ।

भक्तपुर नेपाली कांग्रेस भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेर दण्डहिनता बढ्दै गएकोमा चिन्त व्यक्त गरेका हुन् ।

‘उत्तरदायित्व पारदर्शिता सुशासन र जवाफदेहिता यी कुराहरु कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हो । हामी कहाँ कता कता दण्डहिनताको पनि बढ्दै गएको चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् तीन वटा अदालतले गरेको निर्णयलाई राष्ट्रपति जीले त्यो मसी सुक्नै नपाउँदै रेशम चौधरीलाई माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने यि कुराहरु अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा सरकार टिकाउनका लागि यी कुराहरु गर्दा खेरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा हामीले बुझन जरुरी छ ।’ उनले भने ।

त्यस्तै उनले गुट उपगुट गरेर अगाडि बढे पार्टी नै समाप्त हुने पनि बताएका छन् । उनले पार्टीभित्र गुट उपगुट अझै पनि रहेकाले गुटकै कारण पार्टी समाप्त हुने भन्दै ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?