साताको सेयर बजार : नेप्से १९ सय ३९ बिन्दुमा पुग्दा १० अर्ब २८ करोडको कारोबार

लोकपथ
195
Shares

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर खरिद बिक्री गर्नै क्रममा पुँजीगत लाभकरको विषयमा पाँच र सात दशमलव पाँच प्रतिशत नैं कायम रहेको भन्ने प्रष्टीकरण दिएसगैं यो साता सेयर बजार बढेको छ ।

साताको पाँच कार्य दिन नैं धितोपत्र बजार खुल्ला रहँदा चार कार्य दिन लगातार सेयर बजार उकालो लागेको थियो भने दोस्रो कार्य दिन मात्र सेयर बजार परिसुचक ओरालो लागेको थियो । सेयर बजार परिसुचक उकालो लागे कै आधारमा यो साता नेप्से १९ सय ३९ दशमलव ६१ अंकमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६४ दशमलव ४२ अंकमा कायम रहन सफल भएको छ ।

नेप्से सुचक बढ्दा यो साता सेयर कारोबार रकम पनि बढेको छ । साताभर दुई सय ७७ वटा कम्पनीहरुको एक लाख ८८ हजार छ सय ७९ पटकको कारोबारमा दुई करोड ८२ लाख २२ हजार नौं सय नौं कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम १० अर्ब २८ करोड ५५ लाख ४८ हजार आठ सय ७६ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा आठ अर्ब ९५ करोड ११ लाख छ हजार ३६ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल दुुई सय ७५ वटा कम्पनीहरुको एक लाख ५५ हजार एक सय १० पटकको कारोबारमा दुई करोड ८९ लाख ८८ हजार सात सय तीन कित्ता सेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौंथो र पाँचौं दिन बढेको नेप्से दोस्रो दिन भने घटेको थियो । पहिलो दिन ५३ दशमलव शुन्य तीन अंकले बढेर १९ सय सय १९ दशमलव ३७ पुगेको नेप्से दोस्रो दिन भने १७ दशमलव ३८ अंकले घटेर १९ सय एक दशमलव ९९ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पुन २५ दशमलव ६६ अंकले बढेर १९ सय २७ दशमलव ६५ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन पुन चार दशमलव ६८ अंकले बढेर १९ सय ३२ दशमलव ३३ अंकमा चढेको थियो । पाँचौ दिन पनि नेप्से सात दशमलव २७ अंकले बढेर १९ सय ३९ दशमलव ६१ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन नौं दशमलव ४९ अंकले बढेर तीन सय ६५ दशमलव १० अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने दुई दशमलव आठ अंकले घटेर तीन सय ६२ दशमलव २२ अंकमा खुम्चिएको थियो । तेस्रो दिन दुई दशमलव ८७ अंकले बढेर तीन सय ६५ दशमलव शुन्य नौ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन शुन्य दशमलव ३८ अंकले बढेर तीन सय ६५ दशमलव ४७ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स एक दशमलव शुन्य पाँच अंकले घटेर तीन सय ६४ दशमलव ४२ अंकमा झरेको थियो ।

यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?