काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध पुर्यएपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमवार ११ बजेबाट शुरु भएको बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।
बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश हुने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिए ।
साथै साढे ७ सय रोपनीमा फैलीएको जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइलाला प्रमख क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गरेको छ भने प्रदेश ५, ६ र ७ लाई सेवा सुविधा पुग्ने कांग्रेस सांसदले बताए ।
त्यस्तै यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो । यसै विधेयक आज राष्ट्रिय सभा बैठकमा पेस गर्न लागेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सदस्य मिलेर सदन अगाडि बढाउनु उचित हुने भन्दै कांग्रेस सांसदहरुलाई आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया