१४ आश्विन २०८०, आईतवार

सभापतिको मनोमानीले कांग्रेसको विधान नै नभएको जस्तो भयो : नेता केसी

२०८०,जेष्ठ,२६,शुक्रवार १७:२६

108
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेता केसीले सो कुरा बताएका हुन् ।

सभापतिले विधान मिचेर आज क्रियाशील लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने बाटो लिएको टिप्पणी गरे ।

‘सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ । उहाँले १० वर्ष प्रमाणीत गर्दिनुहुन्छ भोलि केन्द्रीय सदस्य लड्छ । यस्तो अवस्था कहाँ छ ?’ उनले भने ।

त्यस्तै अहिले कांग्रेसको विधान मिचिँदै मिचिँदै विधान नै नभएको जस्तो अवस्थामा पार्टी रहेको भन्दै कटाक्ष गरे । उनले पार्टीको केन्द्रीय कमिटी बैठक हरेक दुई दुई महिनामा बस्नुपर्ने भए पनि १० महिनायता बैठक बस्न नसकेको भन्दै सभापतिको आलोचना गरे ।

‘यहाँ विधान मिचिएको कुरा उठ्यो । विधान मिचिने मात्र होइन विधान मिचिँदैमिचिँदै अहिले नेपाली कांग्रेसको विधान नै छ की छैन भन्ने अवस्था भैसक्यो । नेपाली कांग्रेसको विधानमा स्पष्ट लेखेको छ । हरेक दुई महिनामा बस्नुपथ्र्यो । तर १० महिनामा बस्न सकेको छैन । न विभाग गठन भयो न पदाधिकारी मनोनित भयो ।’ उनले भने ।

त्यस्तै पार्टी रुपान्तरणका लागि देशभरका कार्यकर्ताहरु उठ्नुपर्ने बेला आएको बताए ।

कांग्रेसको संस्थापन इतरले शुरु गरेको रुपान्तरण अभियान मधेश, बागमती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम पुगेको छ । सबै प्रदेशगत अभियान सकिएपछि जिल्ला र क्षेत्रगत अधिवेशन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले, प्राविधिक रुपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८