१४ आश्विन २०८०, आईतवार

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले

२०८०,जेष्ठ,२६,शुक्रवार १७:२७

36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उनले ‘फण्डामेन्टल कोर्स करेक्सन’ का लागि अर्थमन्त्रीले अवसर गुमाएको टिप्पणी गरेका छन् । “अर्थतन्त्रमा झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ तर बजेट त्यसतर्फ उन्मुख हुन सकेन”, उनले भने “राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको छ । यस स्थितिमा आगामी आवको राजस्वको लक्ष्य अविश्वसनीय देखिन्छ । जटिलता र अप्ठ्याराहरू छन् । त्यसलाई सम्बोधन गर्न सकिएन ।”

बैठकमा सांसद मञ्जु शर्मा अन्सारीले बजेट जनताका लागि सहायक नभएको टिप्पणी गरेका छन् । सांसद शङ्कर भण्डारीले राजनीतिक स्थिरता नहुँदा आर्थिक सम्मुनति हुन नसकेको बताए । सांसद भीमप्रसाद आचार्यले बजेटले मुलुकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेको टिप्णी गरेका  भने सांसद प्रेम सुवालले मजदुर र श्रमिक वर्गका लागि समाजवादी व्यवस्था नआएसम्म वर्तमान शासन प्रणालीले जनमुखी कार्यक्रम दिन नसक्ने जनाएका छन् ।

सांसद् धवलशमशेर जबराले नेपाली किसानलाई अनुदान बढाएर भारतीय किसानका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताए। सांसद राजेन्द्रकुमार राईले कुनै जिल्लामा अत्यधिक र कुनै जिल्लामा न्यून बजेट विनियोजनले सन्तुलित विकास नहुने भन्दै बजेट पुनःलेखन गर्न माग गरेका  छन् ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले, प्राविधिक रुपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी नसुध्रने बताएका छन् ।

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८