१४ आश्विन २०८०, आईतवार

कुमारी बैंकद्धारा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई सहयोग

२०८०,जेष्ठ,२६,शुक्रवार १७:०२

45
Shares

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।

नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागिकुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ ।
सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको बैंकले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाज्यूका बीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा यस सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ ।

काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८