१४ आश्विन २०८०, आईतवार

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

२०८०,जेष्ठ,२६,शुक्रवार १६:५७

63
Shares

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

सभाले अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व. २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्यो । सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने-गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १ः१ कायम गरी गाभ्ने-गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा\गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमको अन्त्यमा संचालक उमेशलाल श्रेष्ठले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरेपछि साधारण सभा सम्पन्न भएको थियो । कम्पनी सचिव कमल पन्थीले संचालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी कम्पनीले गराएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८