१४ आश्विन २०८०, आईतवार

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

२०८०,जेष्ठ,२६,शुक्रवार १६:४२

72
Shares

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।

आज बिहान १० बजे कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ नगरपालिका–५ जोगिमारास्थित ठूलोखोलामा दुर्घटना भएको खनालले जानकारी दिएका छन् । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ नगरपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ ।

काठमाडौं । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८