एन आई सी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेजबीच सम्झौंता

लोकपथ
0
Shares

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेश प्रा.लि.लाई संस्थागत परामर्श सेवा, प्राईभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आईपिओ जारी गर्ने चरणमा पु¥याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेश प्रा.लि.बीच मिति २०८० साल जेष्ठ २५ गते दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (पिएसपी) कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइन मार्फत बिल भुक्तानी गर्न सकिन्छ । हाल सजिलो पे मोवाईलए एप प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टप अप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ्ग, बीमा र ईएमआई भुक्तानी, नवीकरण, विद्युतको महशुल भुक्तानी लगायतका अन्य कारोवारको भुक्तानी गर्नुपर्ने रकम अनलाईन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । साथै भुक्तानी गर्दा क्यासव्याक समेत उपलब्ध गराउंदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्ष भित्र प्रयोगकर्ताको संख्या १० लाख पु¥याउने लक्ष्य लिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?