१४ आश्विन २०८०, आईतवार

प्रभु लाइफ इन्स्योरेन्सद्वारा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित

२०८०,जेष्ठ,२६,शुक्रवार १६:००

0
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कम्पनीले विसं २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ । सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आएका छन् । सभाले नौं दशमलव ८० प्रतिशत शेयर लाभांस र शुन्य दशमलव ५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १० दशमलव ३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,२६,शुक्रवार १६:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । चितवनको

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता”अभियानलाई प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने भएको छ ।

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आईतबार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्ष अवधिको

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८