जनार्दन शर्माको प्रश्न : ‘मैले ल्याएको बजेटले देशको कुन कुरालाई हानी गर्यो ?’

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सो कुरा बताएका हुन् ।

उनले आफूले बजेट ल्याउने क्रममा विभिन्न कोणबाट दुष्प्रचार गरिएको भन्दै आफूले त्यसमा पूर्ण रुपमा जिम्मेवारी लिने समेत बताए ।

‘बजेट निर्माणसँग जोडेर मेरो दुष्प्रर्चार गरियो । मैले चिन्दै नचिनेको नायब सुब्बालाई अगाडी सारियो संसदमा हंगामा गरियो मिडिया ट्रायल गरियो संसदीय समिति बनाइयो । संसदीय सुनुवाई गरियो । संसदीय समितिले निराधार आरोपहरुलाई सम्पूर्ण रुपमा खारेज गरिदियो । र अझै पनि लान्छाना लगाइन्छ । मैले बनाएको बजेटको म पूरा जिम्म लिन्छु । बजेट निर्माणमा गोपनियताको प्रमुख कुरा हो । मैले कुनै गोपनियता चुहाएको छैन । मैले ल्याएको बजेटमा गर्व गर्छु । म सबैलाई चुनौती दिन्छु मैले ल्याएको बजेटले देशको कुन कुरालाई हानी गर्यो ?’ उनले भने ।

आफूले सुपारी आयातमा कठोर निर्णय लिएकोमा धेरै आलोचना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?