मधेशी जनताका नाममा कृष्णकुमार श्रेष्ठले गरे संसदमै मौनधारण

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसद बैठकमा मौनधारण गरेका छन् ।

आगामी आर्थिक बजेटमाथि छलफल भइरहेका बेला आफ्नो धारणा राख्न रोष्ट्रममा पुगेका उनले एकाएक मौनधारण गरेका हुन् ।

अहिलेको बजेटमा मधेश र मधेशी जनतालाई उपेक्षा गरेको भन्दै मधेशी जनताको नाममा मौनधारण गरेका हुन् ।

‘अहिलेको बजेटमा मधेश, मधेशी र मधेशमा बसोबास गर्ने बुबा आमा दाजुभाई दिदिबहिनीहरु र उहाँहरुमाथि र मधेशमाथि गरिएको अपमान र नागरिकता विहिन, नागरिक नपाएर छटपटाइरहेका सम्पूर्ण मधेशी जनताहरुको लागि समय त छदैँ छैन । म एक मिनेट मौन धारण गर्न चाहान्छु ।’ बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा पुगेका श्रेष्ठले भनेका थिए ।

त्यस्तै आफू सत्तपक्षकै सांसद भए पनि बजेट हुबहु समर्थन गर्न नसक्ने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?