बजेट जति गोरखा, नुवाकोट र डडेल्धुरा गयो, पास हुन दिन्नौँ : राजेन्द्र पाण्डे

लोकपथ
63
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बजेट अन्यायपूर्ण भएको भन्दै त्यसलाई पास गर्न नदिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनिरहे पनि बजेट जति सबै प्रधानमन्त्री, अर्थमन्त्री र गठबन्धनको शीर्ष नेताहरुको जिल्लामा मात्रै गएको भन्दै त्यसलाई पास गर्न नदिने चेतावनी दिएका हुन् ।

‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छाँै । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ । भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा ५ अर्ब भएको काम सञ्चालन गर्दा ५ अर्ब बाँकी रह्यो । अब त्यो ५ अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा २३२ करोड ५ अर्बमध्ये ३ वटा जिल्लामा बाँकी २६८ करोड ७४ जिल्लामा । यसरी बजेट विनियोजन भएको छ । आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन । आजको जनता २०४८ सालको जनता होइन । अब कुनैपनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?