काठमाडौँ । निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलसँग छलफल गर्ने तय भएको छ । सरकारले बजेट बक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई छलफलमा बोलाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको बताए । उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ ।
आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा असन्तुष्टि जनाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया