‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति

लोकपथ
7
Shares

भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा स्पष्ट पार्दै सो विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेको आफूलाई लागेको बताएका छन् ।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको उक्त भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत सो विषयमा कुरा उठिरहेका बेला उनले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग यसबारे बोलेका हुन् ।

उक्त नक्साका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले सो नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?