देशभर गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् । यस्तै १३ स्टेशनहरुले पनि यो वर्षको सबै रेकर्ड तोडेका छन् ।
महाशाखाका अनुसार नवलपुरको दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड गरिएकोमध्ये सर्वाधिक तापक्रम हो । यस्तै गौरको तापक्रम ४३ रेकर्ड गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया