काठमाडाैं । भारतका विदेशमन्त्री डा. एस जयशंकरले भारतको नवनिर्मित संसद भवनमा कोरिएको सांस्कृतिक भितेचित्रबारे मित्र राष्ट्रहरूलाई क्ल्यारिफिकेसन दिन तयार रहेकाे बताएका छन् ।
उनले यसअघि विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दिएकाे बयान नै दाेहर्याएका हुन् । उनले उक्त भितेचित्र मित्र राष्ट्रहरूले सोचेजस्तो नभई राजा अशोकाको समयमा विस्तार भएका राज्यको अवस्था झल्काउने क्षेत्र मात्र भएकोसमेत जानकारी दिए ।
उनले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्तेचित्र र त्यसको अगाडिको फलकले पनि त्यही कुरा बताउँछ।’
मित्र राष्ट्रहरूले आपत्ति जनाएपछि भारतको दाेस्राे आधिकारिक धारणा सार्वजनिक गर्दै विदेशमन्त्री जयशंकरले भारतको आधिकारिक धारणा स्पष्ट पारेका छ्न्। भारतकाे नयाँ संसद् भवनमा कुँदिएको भितेचित्रमा नेपालकाे कपिलवस्तु, लुम्बिनी, विराटनगर तथा पाकिस्तानकाे तक्षशिला र बंगालदेशकाे केही भूभाग समेटिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया