काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भद्रकालीस्थित राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा जारी संस्कृति र सम्पदासम्बन्धी तस्बिर प्रदर्शनको आज अवलोकन गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वउपसभापतिसमेत रहनुभएका प्रतिनिधिसभाका सांसद निधिले तस्बिर अवलोकनपछि प्रतिक्रिया दिँदै नेपालको सांस्कृतिक विविधता र एकतालाई झल्काउने गरी राससले तस्बिर प्रदर्शनी गरेकामा खुसी व्यक्त गरेका छन् । प्रदर्शनीले समाजको विविधता बुझाउन सहयोग गर्ने उनको विश्वास छ । सांसद निधिले राससबाट हालसम्म प्रयोग गरेका तस्बिरको बृहत् प्रदर्शनी केन्द्र वा प्रदेश प्रदेशस्तरमा गर्न सुझाव दिँदै त्यसो हुन सकेमा राष्ट्रका लागि योगदान पुग्ने उल्लेख गरेका छन् ।
नेता निधिलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतल महतोलगायतले स्वागत गरेका थिए । गणतन्त्र दिवस २०८० का अवसरमा यही जेठ ११ गतेदेखि जारी सो प्रदर्शनी यही जेठ मसान्तसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया