सेन्सर बोर्डबाट फिल्म ‘आदिपुरुष’ले पायो मान्यता, जुन १६मा रिलिजको तयारी

लोकपथ
195
Shares

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले मानिसको मनमा विशेष स्थान बनाएको छ । आदिपुरुषले सेन्सर बोर्डबाट यू–सर्टिफिकेट पाएको छ ।

फिल्ममा प्रभास मुख्य भुमिकामा रहेका छन् भने कृति सेननको पनि अभिनय रहेको छ । यो फिल्म भारतीय पौराणिक कथाको एक धेरै महत्त्वपूर्ण पक्षको बारेमा युवा पुस्तालाई जानकारी दिने र सूचित गर्ने बनाइएको हो ।

चलचित्र जुन १६, २०२३ मा विश्वभर रिलिज हुने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?