बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

लोकपथ
126
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भाग समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । मेयर बालेनले त्यसैको काउन्टर स्वरुप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

आज बिहीबारबाट नै मेयरको कार्यकक्षमा नयाँ नक्सा राखिएको हो । मेयर बालेन शाह हाल भारतको बैंगलौरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?