स्नायू रोगबाट पीडितका लागि नर्भिकमा फ्रि ओपिडी हुने

लोकपथ
84
Shares

काठमाडौं । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ ।

नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिवार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।

नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?