२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
259
Shares

काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?