बाबुरामको आत्मसमिक्षा : ‘नयाँ शक्तिको निर्माण हतारमा गरिछु’ (पूर्णपाठ)

लोकपथ
56
Shares

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी निर्माणको सवालमा राजनीतिक जीवनका उतारचढावबारे आत्मसमिक्षा गरेका छन् ।

पार्टीको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकको आत्मसमीक्षासहितको दस्तावेज प्रस्तुत गरेका छन् ।

उक्त दस्तावेजमा उनले पूराना राजनीतिक दलहरुप्रतिको वितृष्णाको कारण उदाएका राजनीतिकहरुको सम्भावना र भविष्यको व्याख्या समेत गरेका छन् ।

०७२ सालमा नयाँ संविधान बनिसकेपछि आफूले नयाँ पार्टी निर्माण हतारमा भएको भन्दै आत्मसमीक्षा गरेका छन् ।

‘अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो । केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनाधार, व्यक्ति र शक्तिहरुबाट वैकल्पिक पार्टी निर्माण गर्नुपर्दथ्यो । त्यसरी मात्रै नयाँ वैकल्पिक शक्तिको बलियो जग निर्माण हुन्थ्यो ।’ उनले दस्तावेजमा उल्लेख गरेका छन् ।

यस्तो छ पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?