काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले तापक्रम बढ्दा जनजीवन प्रभावित भएको भन्दै सरकारले त्यसको लागि के गरिरहेको छ भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद पौडेलले देशभर तापक्रम बढेको बताउदै सरकारको तयारीबारे प्रश्न गरेका हुन् ।
‘तातो हावा लु चल्न थालेपछि विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ ।’ उनले भने ।
‘यसको तत्कालीन र दीर्घकालीन समाधानका निम्त सरकारले के गरिरहेको छ ?’ उनले सरकारसँग प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया