काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।
सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा बोलिरहेका सांसद चौधरीले प्रयोग गरेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।
नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्यो राति तब बुढी ताती‘ भन्ने उखान सुनाएका थिए ।
उनको उक्त उखानपछि महिला सांसदहरुले नियमापत्ति गरेका थिए । नियमापत्तिसँगै सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया