काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरेका छन् । ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ उनले भने ।
‘त्यो कृषि अनुदान दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया