रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धारको अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यलय महोत्तरीको पहलमा प्रदेशस्तरीय जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त रुपमा उद्धार अभ्यास सम्पन्न भएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतित्थ्यमा सम्पन्न अभ्यास कार्यक्रममा नम्बर २ छिन्न्मस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रेडक्रसलगायत विपद् व्यवस्थापनमा सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रतिनिधी र भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायले संयुक्त रुपमा जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया