घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
559
Shares

काठमाडौं । बुधबार उच्च अंकमा पुगेको सुनको मूल्य आज तोलामा १ हजारले गिरावट आएको छ ।

हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख १२ हजार ७ सय रहेकोमा आज १ लाख ११ हजार ७ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ११ हजार १ सय ५० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसो त आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो प्रतितोला चाँदी १ हजार ४ सय २० रहेकोमा आज १हजार ४ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?