नेपाल र स्कटल्यान्ड भिड्दै

लोकपथ
1k
Shares

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ ।

दक्षिण अफ्रीकाको भ्रमणमा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग भिड्न लागेको हो ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा शुरु हुनेछ। अन्तिम तयारीको लागि नेपाल दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?