नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । भक्तपुरमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।

बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । “अबको राष्ट्रको संकल्प:नयाँ समाजवादी विकल्प” शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।

यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुनेछ ।

बैठक आज र भोलि (जेठ २५/२६) २ दिन चल्ने सो पार्टीले जनाएको छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?