सरकारको विरोधमा नेविसंघ र तरुण दलको प्रदर्शन, निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौं । सरकारको विरोधमा नेविसंघ र तरुण दलले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

सरकारको विरोधमा कांग्रेसका भातृ संगठन नेवि संघ र तरुण दल प्रदर्शनमा उत्रेका हुन् ।

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसबाट शुरु गरिएको   र्‍याली सरकारविरोधी नाराबाजी गर्दै नयाँ बानेश्वर पुगे र सभामा परिणत भएको थियो ।

आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।

प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा राखिएको काँडेतार तानातान भएको थियो।

प्रदर्शनमा उनीहरुले निर्मला पन्तलाई सरकारले अझै न्याय दिन नसकेकोमा तीव्र विरोध जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?