नक्कली भुटानी शरणार्थी प्रकरण : केशव दुलाल आफैँ शरणार्थी बनेर अमेरिका जान लागेको खुलासा

लोकपथ
238
Shares

काठमाडौं । नक्कली भुटानी प्रकरणको अभियोगमा पक्राउ परेकाहरुको थुनछेक बहस जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतमा मंगलबारबाट सरकारी वकिलहरुको बहस सकिएसँगै प्रतिवादीहरुको बहस आजबाट शुरु भएको छ ।

सो प्रकरणमा पक्राउ परेका मध्ये प्रतिवादी केशव दुलालको तर्फबाट वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी तथा अधिवक्ताहरु विकास भट्टराई, विकास थापा नरबहादुर योगी, राजन भट्टराई र विश्वास थापा लगायतले बहस गरेका छन् ।

बहसकर्ताले दुलाल स्वंय नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान खोज्दा पीडित भएको जिकिर गरेका छन् । साथै उनीमाथि आरोपका लागि मात्रै आरोप लगाइएको उनीहरुको तर्क रहेको छ ।

त्यस्तै दुलाललाई साधारण तारेखमा नभइ सामान्य धरौटीमा रिहा गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

त्यस्तै आजै अर्का प्रतिवादी एवं मुख्य योजनाकार देखिएका बिचौलिया सानु भण्डारीको तर्फबाट पनि कानुन व्यवसायीहरुले बहस गरेका छन् । भण्डारीको तर्फबाट अधिवक्ता विनोद शर्माले बहस गर्दै सरकारी वकिलको जिकिर र प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठाएका छन् ।

त्यस्तै उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि यसअघिको सुनकाण्ड जस्तै हुने जिकिर गरे ।

आजै अन्य कानुन व्यवसायीहरुले बहस गर्नेछन् । भने जेठ भित्रै थुनछेक बहस सकाउने तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?