काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।
बुधबार बसेको बैठकमा बोल्दै दाहालले सभामुख देवराज घिमिरेले एमालेप्रति अलि नरम रहेको टिप्पणी गरे ।
संविधान र प्रतिनिधि सभा नियमावलीमा रहेर सांसद र सभामुखले काम गर्नुपर्ने भन्दा पनि कुनै दलप्रति सभामुख नरम व्यवहार गरेको भन्दै कटाक्ष गरे । त्यस्तै प्रधानमन्त्रीले बोल्दै गर्दा त्यसको विरुद्धमा बोलेका एमालेका सांसदहरुलाई प्राथमिकतामा राखेको आरोप समेत लगाए ।
‘सम्मानीय सभामुख महोदय म यहाँलाई निवेदन गर्न चाहान्छु । सदन चलाउँदा हामी सदनमा स्वतन्त्र छैनौँ । सभामुख ज्यू पनि स्वतन्त्र हुनुहुन्न । संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्रै हामीले आफ्नो अभिव्यक्ति राख्न पाइन्छ । हामी संविधानको मातहतमा रहेर प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर अभिव्यक्ति राख्नुपर्नेमा सम्मानीय सभामुख आफैँ पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ । रोस्टममा तपाईंले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि मान्य सांसदलाई रुलिङ गर्ने ? प्रधानमन्त्रीलाई तपाईं चुपो लाग्नुस् उहाँहरु बोल्नुहुन्छ भनेर भन्नुभयो ।’ उनले भने ।
त्यस्तै प्रतिनिधि सभा नियमावलीमा बसेर आफ्नो भूमिका निर्वाह गर्न समेत सभामुखलाई आग्ह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया