काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट शुक्रबार बहुमतले 'राष्ट्रिय चिकित्सा विधेयक, २०७५' पारित भएको थियो ।
चिकित्सा विधेयक पारित भएपछि प्रतिपक्ष नेपाली कांग्रेसले प्रर्दशन पनि गरेका थिए ।
सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल हुँदैछ ।
विधेयक राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाको सन्देशसहित टेबुल गर्न लागिएको कार्यसूची सार्वजनिक भएको छ । सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा। गोविन्द केसी १९ दिनदेखि अनसनरत छन् ।
राष्ट्रियसभामा बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया