यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

लोकपथ
56
Shares

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई ब्रसेल्समा हुने अर्बान समिटमा पठाउन स्वीकृत दिने निर्णय गरेको छ ।

त्यस्तै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षम सहसचिव मदलन भुजेललाई नियुक्तग गर्ने निर्णय गरेको सञ्चार एवं सूचनाप्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्ता छन् अन्य निर्णयहरु :

काभ्रेको पाँचखालमा रहेको औधोगिक ग्रमलाई महिला उद्यमी विशेष औधोगिक ग्रामको रुपमा रुपान्तरण गर्ने
कालिमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको छ ।
गृहमन्त्रालय आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हटताल गर्न निषेध गरि आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । ६–६ महिनामा निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावरलाई राइट अफ वेको लागि रसुवा र नुवाकोट जिल्लमा लागि रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृती दिने

मिति २०८० जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रोपोलिटन वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३ विशेष कार्यक्रममा सहभागि हुन स्वीकृती दिने

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा कुनै कुराकानी नभएको प्रवक्ता शर्माले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?