सरकारविरुद्ध काठमाडौंको माइतीघरमा महिला संघ र विवेकशीलको प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले प्रदर्शन गरेका छन् । 

आइतवार मध्यान १२ बजे कांग्रेसको भातृ संगठनले प्रदर्शन गरेका हुन् । 

उनीहरुले चिकित्सा शिक्षा विधेयकको विरोध र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् । 

माइतीघर मण्डलामा भेला भएका महिला संघका कार्यकर्ताहरु सरकारविरोधी नारा लगाउँदै नयाँवानेश्वरतर्फ अघि बढेका थिए । 

त्यस्तै आजै विहान ११ बजे विवेकशील साझा पार्टीले पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । उनीहरुले पनि चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रदर्शन गरेका हुन् । 

उनीहरुले ‘हाम्रै मुद्दा, हाम्रै भोट, बिर्सेउ बाचा, दियौ चोट’, डा. केसीसँगको सम्झौता पालन गर, ढोङ्गी समाजवाद चाहिँदैन, याराना पुँजिवाद बन्द गर, शिक्षा र स्वास्थ्य राज्यको दायित्व’ का प्लेकार्ड बोलेर सरकारविरुद्ध विरुद्ध प्रदर्शन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?