१२ आश्विन २०८०, शुक्रवार

माओवादीकै नेताले लगाए मन्त्रीहरुमाथि गम्भीर आरोप

२०७४,कार्तिक,८,बुधबार ०३:३१

0
Shares

काठमाडौं, ८ कात्तिक — माओवादी केन्द्रका नेता पूर्वमन्त्री धनिराम पौडेलले पार्टी र सरकारमा सहभागि मन्त्रीहरुमाथि गम्भीर आरोप लगाएका छन् ।उनले मन्त्रीहरु शेरबहादुर देउवा नेतृत्वको सरकारमा ‘अपमानित भएर बसिरहनु भनेको सत्तामोह र एकाध महिना भएपनि जागिर खाऊँ भन्ने लोभबाहेक’ अरु केहि नभएको आरोप लगाएका हुन् ।सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री पौडेलले सरकारले चुनाव सार्न सक्ने भएकाले चुनावको सुनिश्चितताको लागि विना विभागीय भए पनि सरकारमा बस्ने कुरालाई एक हदसम्म स्वभाविक माने पनि अब उम्मेदवारहरुले मत माग्न थालिसक्दा पनि निश्पक्ष, स्वच्छ र धाँधलिरहित चुुनाव गर्न मन्त्री पदमा रहिरहनु आवश्यक छ भन्ने आशय व्यक्त गर्दै सरकारमा अपमानित भएर बसिरहनुको औचित्य नभएको बताएका हुन् ।उनले पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई फिर्ता बोलाउनु वा राजिनामा दिनु सान्दर्भिक हुने समेत बताएका छन् ।यस्तो छ उनको टिप्पणीःविचाराधिन मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसला वा अरु कुनै निमित्त कारण देखाएर सरकारले चुनाव सार्न वा टार्न सक्छ भन्दै चुनावको सुनिश्चितताको लागि विना विभागीय भए पनि सरकारमा बस्ने कुरालाई एक हदसम्म स्वभाविक माने पनि अब उम्मेदवारहरुले मत माग्न थालिसक्दा पनि निश्पक्ष, स्वच्छ र धाँधलिरहित चुुनाव गर्न हामी मन्त्री पदमा रहिरहनु आवश्यक छ भन्ने आशय व्यक्त गर्दै सरकारमा अपमानित भएर बसिरहनु भनेको सत्तामोह र एकाध महिना भए पनि जागिर खाऊँ भन्ने लोभबाहेक केही पनि होइन । अतस् पार्टीको तर्फबाट मन्त्री साथीहरुलाई फिर्ता बोलाउनु वा राजिनामा दिनु सान्दर्भिक हुनेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०३:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएसँगै काठमाडौं

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५