काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले थालेको रुपान्तरण अभियान मधेश, बागमती गण्डकी हुँदै कर्णाली पुगेको छ ।
मंगलबार कर्णाली प्रदेशको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको छ ।
नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापन इतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो ।

सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशा आशामा बदलिने विश्वास व्यक्त गरे । नेतृत्वले गलत गर्दा टुलुटुलु हेरेर मात्र बस्न नसेको भन्दै आफूहरु प्रदेशस्तरीय अभियान सकेपछि जिल्लाजिल्ला र गाउँगाउँमा यसलाई फैलाउने बताए ।
भुपेन्द्र जंग शाहीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश भेलामा केन्द्रीय सदस्य मधु आचार्य, जगदीश्वरनरसिंह केसी, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, डिल्ली सुवेदी, युवराज पाण्डे, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव उपस्थित छन्।

त्यस्तै रुपान्तरण अभियान आगामी जेठ जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया