नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकियो

लोकपथ
161
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारी वकिल तर्फको थुनछेक बहस सकिएको छ ।

आजबाट सरकारी वकिल तर्फको बहस सकिएको हो । सरकारी वकिल तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बसह शुरु हुनेछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको बहसमा प्रतिवादीलाई थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने सरकारी वकिल तर्फको दाबी रहेको छ । प्रतिवादीहरुलाई थुनामुक्त गरिए प्रमाण नष्ट हुनेसक्ने भन्दै थुनामै राखेर मुद्दाको किनारा लगाउनुपर्ने उनीहरुको माग रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत १८ जना पक्राउ परेका छन् । उनीहरुलाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?