‘कांग्रेसका १० नेता राष्ट्रपतिले घाम तपाएर राखेका छन्, अर्थमन्त्रीलाई टाइप गर्ने मान्छे भएन रे’

लोकपथ
130
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न बाह्य व्यक्तिको प्रवेश गरेको विषयमा अर्थमन्त्रीको स्पष्ट जवाफ नआएको टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटका बारेमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

त्यसअघि बोलको अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा कुनै बाह्य व्यक्तिलाई प्रवेश नगराइएको स्पष्टीकरण दिएका थिए । साथै करको दर हेरफेरमा संलग्न रहेका भनिएका रामकृष्ण श्रेष्ठले डाटा इन्ट्री मात्रै गरेको बताएका थिए । साथै पूर्व नासु समेत रहेका उनी एक्सपर्ट रहेको कारण उनलाई इन्ट्रीको मात्र जिम्मेवारी दिएको बताएका थिए ।

सो प्रशंगमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रपतिले १० जाना कांग्रेस नेतालाई मन्त्रीस्तरको सुविधा दिएर राखेको तर अर्थमन्त्रालयमा टाइप गर्ने मान्छे नभएको भन्नु लाजमर्दो विषय रहेको भन्दै कटाक्ष गरे ।

‘हवाई जहाज बनाउने मान्छे पनि आए । उडाउने मान्छे पनि बनाए । कम्प्युटर बनाउने पनि आए चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्स बनाउने पनि भेटिसक्यो मान्छे । यहाँ डाटा इन्ट्रीगर्ने मान्छे छैन । राष्ट्रपति ज्यूले १० जना कांग्रेसका नेताहरु मन्त्रीस्तरका सुविधा दिएर फनफनी घुमाएर त्यहाँ राख्नुभएको छ । त्यहाँ बेकारमा घाम तपाएर, घाम लागेका बेला शितल तपाएर । अर्थमन्त्रालयमा टाइप गर्ने मान्छे छैन । अर्थमन्त्रीजी टाइप गर्ने त्यही एउटा बाहेक छैन भन्दै हुनुहुन्छ ।’ उनले भने ।

त्यस्तै बैठकलाई सम्बोधन गर्दै ओलीले गत वर्षको बजेट कति पास भयो भएन भनेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?