बजेटसम्बन्धी धारणा बनाउन अन्तरक्रिया गर्दै जसपा

लोकपथ
42
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।

पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मी महासंघद्वारा आयोजित कार्यक्रममा सरकारद्वारा संसदमा प्रस्तुत २०८०/०८१ को बजेटसम्बन्धी छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी गराएका छन् ।

टेकुस्थित मसला कटेज रेष्टुरेण्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि शुरु हुने छलफलमा पार्टीका शीर्ष नेताहरु, आर्थिक विज्ञ तथा आर्थिक विषयका जानकारहरु सहभागि हुने छन् ।

छलफलबाट पार्टीले बजेटका सम्बन्धमा आफ्नो धारणा बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?