करका दरका हेरफेरबारे प्रतिपक्षी दलले मागे अर्थमन्त्रीसँग जवाफ

लोकपथ
56
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणमा करका दर हेरफेर गरिएको भन्नेबारे प्रतिपक्षी दलले अर्थमन्त्रीसँग जवाफ माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जवाफ माग गरेका हुन् ।

उनले बैठकको आकस्मिक समयमा बोल्दै अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा भित्र्याएर करका दर हेरफेरबारे स्पष्ट जवाफ माग गरे ।

त्यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले करका दर हेरफेरबारे जवाफ दिन माग गरे ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि निश्चित घरानालाई फाइदा पुग्नेगरी गरिएको भनिएको करको दरका बारेमा जवाफ दिन माग गरे ।

आज बिहान ११ बजे बोलाइएको बैठक समयमा बैठक बस्न सकेको थिएन । सोही विषयमा यसअघि छलफल गरिएको थियो । केहीबेरअघिबाट बैठक शुरु भएको छ ।

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले समेत बजेट प्रस्तुत हुने अघि कर्मचारी सरुवा गर्ने गरेकोप्रति आपत्ति जनाउँदै त्यसबारे जवाफ मागे ।

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा कर मात्रै धेरै भएको तर त्यसको बापत नेपाली नागरिकले सुविधा नभएको बताए । साथै करको दर हेरफेरमा संलग्नहरुलाई विशेष संसदीय छानबिन समिति बनाएर कानुनी कारबाही गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?