काठमाडौं । जेठ १५ गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरिएको भन्दै यतिबेला आलोचना भइरहेको छ ।
निश्चित घरानालाई फाइदा हुनेगरी बाह्य मान्छे भित्र्याएर करका दर हेरफेर गरिएको भन्दै अर्थमन्त्रीसहित सरकारको समेत आलोचना भइरहेको हो ।
नेकपा एमालेका नेताहरुले त्यसलाई छानबिन गर्न माग गरिरहेका छन् ।
एमाले नेता गोकुल बास्कोटाले बजेट निर्माणका बेला अर्थका कर्मचारी फेरिने गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले कांग्रेस माओवादीसहितको गठबन्धन सरकारले करका दर हेरफेर गरेको भन्दै कटाक्ष गरेका छन् ।
उनले भनेका छन्, ‘कहिले मुसाले तार कट्छ कहिले कस्ले कागज फेरिदिन्छ।अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? करका दरमा गठेले हैरान गर्ने भो।’
यद्यपी अहिले भने अर्थमन्त्रालयले विज्ञप्ति जारी गरेर कसैले बाह्य व्यक्ति प्रवेश गराएर करको दर हेरफेर नगरिएको स्पष्टीकरण दिएको छ ।
त्यसो त यसअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बाह्य व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया